नेकपा सचिवालय बैठक : प्रचण्डको मध्यमार्गी प्रस्ताव

नेकपा सचिवालय बैठक : प्रचण्डको मध्यमार्गी प्रस्ताव

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय सदस्यको कार्यविभाजन मिलाउन मध्यमार्गी प्रस्ताव अगाडि सारेका छन्। कार्यविभाजनमा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले आआफ्नो अडान नछाडेपछि प्रचण्डले विकल्पका रूपमा मध्यमार्गी प्रस्ताव ल्याएको नेकपा सचिवालयका एक सदस्यले बताए।

जनप्रतिनिधि रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सहइन्चार्ज बन्न पाउन बन्देज लगाउन नहुने दाहालको प्रस्ताव छ। उनले आवश्यक ठानिएका जिल्लामा सहमतिका साथ जिम्मेवारी दिनुपर्ने मापदण्ड बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन्।

‘दोहोरो जिम्मेवारीमा रहेका नेतालाई भन्दा जिम्मेवारी नभएका र सिनियर नेतालाई नै जिल्ला इन्चार्जरसहइन्चार्ज बनाउनुपर्छ। तर कुनै जिल्लामा आवश्यक छ भने जनप्रतिनिधिलाई बन्देज वा प्रतिबन्ध लगाउनु हँुदैन। उनीहरूलाई पनि जिम्मेवारी दिन सकिन्छ’, दाहालले बैठकमा राखेको प्रस्ताव सुनाउँदै ती सदस्यले अन्नपूर्णसँग भने।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली प्रदेश र जिल्लाका अध्यक्ष–सचिवसम्म दोहोरो जिम्मामा रहेका नेताहरूले पाएकाले अहिले जनप्रतिनिधि रहेका नेतालाई रोक्न नहुने अडानमा छन्। वरिष्ठ नेता नेपाल संघ तथा प्रदेशमा मन्त्री तथा सांसद रहेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज–सह–इन्चार्जको जिम्मा दिन नहुने पक्षमा छन्। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।