राउटे भेट्न अब टिकट !

राउटे भेट्न अब टिकट !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत – बस्ती छिर्न टिकट ! सुन्दा अनौठो लाग्न सक्छ। हो, दैलेखको गुराँस गाउँपालिकाले लोपोन्मुख राउटे समुदायको संरक्षण र सुरक्षाका लागि यस्तो व्यवस्था गरेको छ। राउटे जंगलमा फिरन्ते जीवन बिताउँदै आएको समुदाय हो। योे समुदायको छुट्टै भाषा र संस्कृति छ। सामाजिक रूपान्तरणको चरणमा रहेका राउटे समुदायको बस्तीमा पुग्नेको संख्या बढेपछि गाउँपालिकाले यसलाई पर्यटन व्यवसायका रूपमा अगाडि बढाउने तयारी गरेको छ।

‘राउटेलाई हेर्न आउनेको संख्या बढ्दो छ। जथाभाबी प्रवेश गर्ने भीडले राउटेको संस्कृति हराउने खतरा छ’, गाउँपालिकाका अध्यक्ष खेमराज वली भन्छन्, ‘हामीले राउटे समुदायलाई रूपान्तरण गर्दैछौं। राउटे बस्तीमा छिर्दा टिकट काट्नुपर्छ।’ टिकट व्यवस्थाले राउटे बस्तीमा जथाभाबी प्रवेश गर्ने प्रवृत्ति नियन्त्रण हुने र आम्दानी पनि हुने गाउँपालिकाको दाबी छ। टिकटबाट संकलित रकम राउटेको उत्थान र संरक्षणमा लगानी गरिनेछ। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।