पहिरोका कारण मुग्लिन नौबिसे सडक अवरुद्ध

पहिरोका कारण मुग्लिन नौबिसे सडक अवरुद्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३ः३० बजे पहिरो खसेको थियो ।

बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ । सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।