काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले लुटेरा समात्यो

काठमाडौंको अत्तरखेलमा गोली हानेर प्रहरीले लुटेरा समात्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले गोली हानेर एक जना लुटेरालाई पक्राउ गरको छ । पाँचथर फिदिमका छिरिङ तामाङलाई काठमाडौंको अत्तरखेलमा शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानी नियन्त्रणमा लिएको हो ।

उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए ।

तामाङको खुट्टामा गोली लागेको छ । प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ ।