इन्दिरा गान्धी विमानस्थलमा नेपाली यात्रुलाई प्रवेशमा रोक

इन्दिरा गान्धी विमानस्थलमा नेपाली यात्रुलाई प्रवेशमा रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट नेपाली यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको भारतस्थित नेपाली दूतावासले जनाएको छ।
शुक्रबार विमानस्थलमा नेपाली यात्रुलाई नेपाल आउनबाट बञ्चित गरिएको खबरसँगै नेपाली दूतावासले आपत्ति जनाएको थियो।

शनिबार बिहान भारतस्थित नेपाली दूतावासले ट्वीटमा भनेको छ,‘हामीले हिजो केही नेपाली यात्रु इन्दिरा गान्धी विमानस्थलमा रोकिएको थाहा पायौं। हामीले तुरुन्तै सम्बन्धित अधिकारीलाई यसबारे भन्यौं कि, ‘यो दुर्भाग्य हो।’ भारतीय पक्षले नेपाली यात्रुलाई रोक्ने कुनै भारतीय नीति नभएको पुष्टि गर्दै आगामी दिनमा यस्तो गल्ती नुहने बताएको छ।