बालविवाह हुने शीर्ष १० मुुलुकमा नेपाल

बालविवाह हुने शीर्ष १० मुुलुकमा नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बालविवाह हुने मुलुकमध्ये नेपाल विश्वका उच्च १० सूचीमा सूचीकृत भएको छ । विश्वका विभिन्न ८२ मुलुकको अध्ययन गर्दा नेपाल बालविवाह हुने शीर्ष १० मा परेको संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले जनाएको छ ।

२० देखि २४ वर्षका नेपाली पुरुषमध्ये एक जनाको बाल्यावस्थामै विवाह हुने गरेको युनिसेफको पछिल्लो अध्ययनले देखाएको छ । दक्षिण एसियासहित अफ्रिकाको उप–सहारा क्षेत्र, ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्र, पूर्वी एसिया र प्रशान्त क्षेत्रमा उमेर नपुग्दै बालविवाह हुने गरेको छ ।

तथ्यांकअनुसार मध्यअफ्रिकी गणतन्त्रमा सबैभन्दा धेरै २८ प्रतिशत बालविवाह भएको छ भने निकाराग्वामा १९ प्रतिशत र मदगास्करमा १३ प्रतिशत बालकको उमेर अगावै विवाह हुने गरेको छ । ‘नेपाल एक मात्र दक्षिण एसियाली मुलुक हो जहाँ बालक र बालिकाको उत्तिकै दरले बालविवाह भएको छ’ –बालअधिकारसम्बन्धी महासन्धिको तीसौं वार्षिकोत्सवमा युनिसेफले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यो खबर आजको समाचारपत्रमा छ ।