कांग्रेस जागरण अभियान :गुटगत स्वार्थ हाबी

कांग्रेस जागरण अभियान :गुटगत स्वार्थ हाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान गुटगत स्वार्थका कारण प्रभावकारी बन्न सकेन। पार्टी शीर्ष नेतादेखि जिल्ला प्रतिनिधिसम्मको ध्यान आगामी महाधिवेशनमा केन्द्रित हुँदा पहिलो चरणको एकमहिने जागरण अभियान प्रभावकारी बन्न नसकेको हो।

सांगठनिक संरचनाबिनै वैशाख २५ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणको कार्यक्रम शनिबार सकिए पनि त्यसमा पार्टीभन्दा पनि गुटगत स्वार्थ हाबी भएको पाइएको छ। कार्यक्रममा पुगेका नेतादेखि लिएर केन्द्रीय प्रतिनिधिमा देखिएको गुटगत स्वार्थकै कारण केही जिल्लामा समानान्तर कार्यक्रमहरूसमेत भए भने केही जिल्लामा पहिल्यैदेखि रहेका आन्तरिक विवाद समाधान हुनुको सट्टा झन् बल्झिएको छ।

पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा गणतन्त्र दिवसका अवसरमा आयोजित पार्टी उपसभापति विमलेन्द्र निधि नेतृत्वको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले राजधानीमा आयोजना गरेको अन्तक्र्रियामा रामचन्द्र पौडेल पक्षीय नेताहरू उपस्थित नै भएनन्। नेता पौडेल पनि जागरण अभियान चलिरहेका बेला निकट नेताहरूलाई लिएर जिल्लहामा निस्के।

पौडेल मात्र होइन, नेता प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, शेखर कोइरालासहितका नेताहरूले पनि आफ्नो सक्रियता बढाए। उनीहरूको ध्यान पनि पार्टीलाई एकताबद्ध बनाएर लैजानेभन्दा नेतृत्वको आलोचना गर्ने र आगामी महाधिवेशनमा आफ्नो पक्षमा माहोल बनाउनमै केन्द्रित बनेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।