ब्रेन हेम्रेज पीडित नेपाली युवा मुम्बईको अस्पतालमा अलपत्र, सहयोगको अपिल

ब्रेन हेम्रेज पीडित नेपाली युवा मुम्बईको अस्पतालमा अलपत्र, सहयोगको अपिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मुम्बईको एक अस्पतालमा एक नेपाली अलपत्र परेका छन । भारतको गोवा राज्यमा सेक्योरिटी गार्डको काम गर्दै आएका पश्चिम रुकुमको त्रिवेणी गाउँपालिकाका ४२ वर्षीय कृष्ण वली चार महिना अघि टाउको दुख्ने र चक्कर लाग्ने भएर कार्यस्थलमै एक्कासी ढलेपछि उनलाई अस्पताल भर्ना गराइएको थियो ।

आपतकालीन स्थितिमा गोवा मेडिकल अस्पतालका न्यूरो विशेषज्ञ टिमले जाँच गर्दा व्रेन हेम्रेज भएको जानकारी दिए ।

डाक्टरले पीडितको आपतकालीन स्थितिमा सर्जरी गर्नुपर्ने बताएपछि पीडित र आफन्तले नकार्न सकेनन । पीडितलाई जसरी हुन्छ बचाउनको निम्ति पहिलो सर्जरी गोवा मिडिकल कलेजमा गरिएको थियो ।

गोवामा गरिएको पहिलो सर्जरी सफल हुन नसकेपछि वलीको स्वास्थ्य समस्या झन बढ्दै गएको छ । उनले कहिले आँखा नदेखिने, धमिरो–धमिरो देखिने, हिन्न नसक्ने, कुनैपनि वस्तु दोब्बर देखिने दिन प्रतिदिनको समस्याले विकराल रुप धारण गर्न थाले ।

केहि समय पश्चात गोवा मेडिकल कालेजका न्यूरो विशेषज्ञहरुले बिरामीको उपचार गोवामा असम्भव भएको भन्दै पिडितलाई मुम्बईको केइएम अस्पतालमा रिफर गरे । मुम्बई अस्पतालका न्यूरो विशेषज्ञ टिमले जाँच गर्दा पीडित वलीको अवस्था अत्याधिक नाजुक रहेको र पीडितको शारीरिक अवस्था कमजोर हुनाले सर्जरी तीन चरण हुने बताएका छन् ।

पीडितका पारिवारीक श्रोतका अनुसार अबको सर्जरी आधुनिक टेक्नोलोजी र वरिष्ठ सर्जन मार्फत हुने भएको छ । डाक्टरले पहिलो चरणको उपचारका लागि छिटो भन्दा छिटो ३ लाख भारु अस्पतालमा जम्मा गर्न भनेका छन् । बिडम्बना रकमको अभावले दिएको सर्जरी मिति पनि निकालिया े।

प्रत्येक दिन ज्याला मजदुरीगरी खाने व्यक्तिलाई एक्कासी ब्रेन हेम्रेज जस्तो खर्चिलो रोग लाग्नु कुनै भयानक डरलाग्दो सपना भन्दा कम हैन तर यो कृष्ण वलीका लागि सत्य भएको छ ।

दिनभरी कामगरी कमाएको पैसामा बेलुकीको भोजन निर्भर रहेको परिवारमा बिरामीको उपचार सोच्दा–सोच्दै मर्नु बाहेक कुनै दोस्रो विकल्प नभएको देखिएको छ ।

पन्ध्र वर्ष पहिला रोजगारको खोजीमा भारत आएका कृष्ण वलीले गोवा राज्यमा ज्याला मजदुरी गरिरहेका थिए ।

घरमा सत्तरी वर्षकी बृद्ध आमा, श्रीमती, दुइ छोरा र एक छोरी सम्पूर्ण घरको आर्थिक भार कृष्ण वलीमा रहेको अवस्थामा आफैँ अस्पतालको बेडमा आएपछि घरको आर्थिक, भौतिक अवस्थाले विकलांगताको रुप धारण गरेको छ ।

 गोवा नेपाली समाजका अध्यक्ष ‘प्रकाश पुन’ ले कृष्ण वलीको स्वास्थ्य तथा शारीरिक अवस्थाको जानकारी पाउन साथ पीडितका लागि आर्थिक रकम संकलन गर्ने उद्देश्यले कृष्ण वली बचाउ अभियान सुरु गरेका छन् ।