काँकडभिट्टा प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति बन्ने

काँकडभिट्टा प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति बन्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा – नेपालको पूर्वी सिमाना काँकडभिट्टाको प्रवेशद्वारमा गौतम बुद्धको मूर्ति स्थापना गरिने भएको छ।

मितेरी पुल निर्माणसँगै पुलकै छेउमा झर्नासहित नमस्ते मुद्रामा गौतमबुद्धको मूर्ति निर्माण गरिने भएको हो।

मेचीनगर नगरपालिका र प्रदेश नं– १ को सरकारको संयुक्त लगानीमा पूर्वी प्रवेशद्वारमा उक्त मूर्ति स्थापनाका लागि तयारी गरिएको नगर उपप्रमुख मीना उप्रेतीले बताइन्।

पूर्वी नाकाबाट दैनिक सयौं पर्यटक नेपाल भित्रिने भएकाले भगवान् बुद्वको मूर्ति स्थापना गर्न लागिएको उनको भनाइ थियो । रासस