राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथ नगराउन सर्वाेच्चको आदेश

राष्ट्रियसभामा मनोनित तीन सांसदलाई शपथ नगराउन सर्वाेच्चको आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रियसभाका लागि मनोनित तीन सदस्यलाई तत्काल शपथग्रहण नगराउन सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलाशले २० फागुनमा रिट निवेदक र सरकारलाई छलफलका लागि बोलाउँदै अल्पकालीन आदेश दिएको हो।
प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।

पूर्ववर्ती सरकारको निर्णय उल्ट्याउँदै वर्तमान सरकारले रामनारायण बिडारी, युवराज खतिवडा र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको थियो। सोही दिन राष्ट्रपतिले मनोनित गरेकी थिइन्।

यसअघिको पूर्ववर्ती सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेकोमा राष्ट्रपतिले मनोनित गरेकी थिइनन्।

शपथ रोक्न र आफूहरुलाई राष्ट्रियसभा सदस्य बनाउन माग गर्दै गोपालकुमार बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी शर्माले दायर गरेको रिटको सुनुवाईमा सर्वोच्चले अल्पकालीन आदेश दिएको हो ।