ठेकेदारसँगको मिलेमतोमा ८५ लाख भ्रष्टाचार,अख्तियारद्वारा पाँचविरुद्ध मुद्दा दायर

ठेकेदारसँगको मिलेमतोमा ८५ लाख भ्रष्टाचार,अख्तियारद्वारा पाँचविरुद्ध मुद्दा दायर

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती नदी नियन्त्रण योजनामा अनियमितता गर्ने दुईजना कर्मचारी र तीनजना ठेकेदारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अग्रिम भुक्तानी लिएर काम नगर्ने ठेकेदारसँग मिलेर कर्मचारीले ८५ लाख रुपैयाँ अनियमितता गरेको भन्दै अख्तियारले सोमबार रौतहट र सर्लाहीमा सञ्चालित जलउत्पन्न प्रकोप नियन्त्रण डिभिजन कार्यालय नम्बर ३ बाराका तत्कालीन कार्यालय प्रमुख हीरानन्द झा र तत्कालीन लेखा प्रमुख (लेखापाल) अरुणकुमार राईविरुद्ध मुद्दा दायर गरेको हो ।

तीन ठेकेदारविरुद्धसमेत भ्रष्टाचार मुद्दा दायर भएको छ । निर्माण कम्पनी एमके निर्माण–बज्रगुरु–दी कञ्चनजंघा जेभीको पार्टनर दी कञ्चनजंघा निर्माण सेवाका प्रबन्ध निर्देशक तेन्डी शेर्पा, एमके निर्माण सेवाका कार्यकारी निर्देशक जीवन थापा, बज्रगुरु निर्माण सेवाका अध्यक्ष रेवन्तकुमार बस्नेतविरुद्ध मुद्दा दायर भएको हो । यो खबर आजको नयांपत्रिका दैनिकमा छ ।