विवादका बाबजुदपनि लोकसेवामा ८२ हजारले दिए आवेदन

विवादका बाबजुदपनि लोकसेवामा ८२ हजारले दिए आवेदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – लोकसेवा आयोगले स्थानीय तहमा पदपूर्तिका लागि खुलाएको विज्ञापन संविधानअनुसार समावेशी नभएको भन्दै संसदको राज्य व्यवस्था तथा सुशासन समितिले स्थगित गर्न सरकारलाई निर्देशन दिए पनि विज्ञापनमा आवेदन दिनेको संख्या ८२ हजार पुगेका छ ।

मंगलबार मध्यान्ह १२ः ४५ बजेसम्म (१३ दिन)मा ८२ हजार पाँच सयले आयोगले खोलेको विज्ञापनमा अनलाइनबाट आवेदन दिएका छन् ।

आवेदन दिने म्याद अझै एक साता (असार ३ गतेसम्म) रहेकोले यो संख्या बढ्ने देखिन्छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १४ हजार कर्मचारीका लागि आवेदन खुलाउन सिफारिस गरे पनि आयोगले ९ हजार एक सय ६१ मात्रै खुलाएको थियो । आयोगले जेठ १५ गते स्थानीय तहका लागि प्राविधिक र अप्राविधिक गरी नौ हजार एक सय ६१ पदमा आवेदन खुलाएको थियो ।