रवि लामिछानेसँग जाेडेर कसले गराउँन खोज्दैछ उर्जामन्त्री पुनको बदनाम ?

रवि लामिछानेसँग जाेडेर कसले गराउँन खोज्दैछ उर्जामन्त्री पुनको बदनाम ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाे सचिवालयले पत्रकार रवि लामिछानेलाई ‘भ्रष्टाचारी’ भनेको धारणा पत्रिकामा प्रकाशित भएको समाचारप्रति  गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार ऊर्जामन्त्री पुनका प्रेस संयोजक रोशन खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ पत्रिकामा यस्तोखाले समाचार प्रकाशित नभएको स्पष्ट पारेका छन् । जारी विज्ञप्तिमा भनिएको छ, ‘पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ समेत बनाई समाचारमा माननीय मन्त्रीज्यूको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा समेत हाम्रो आपत्ति रहेको छ ।’

संयोजक खड्काले पत्रकार रवि लामिछानेको सन्दर्भमा मन्त्रीज्यूले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको स्पष्ट पारेका छन् ।
‘पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने शीर्षक राखेर नयाँ पत्रिकाबाट प्रकाशित मनगणन्ते र भ्रमित समाचारहरू सबै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र नाम जोडेर नक्कली पत्रिका समेत बनाएको हामीले प्रारम्भिक अनुसन्धानको क्रममा फेला पारेको बताए ।

केहि समयदेखि पत्रपत्रिकामा छापिएकाजस्तै मनगणन्ते र भ्रमित समाचारहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला फोटोशपको दुरुपयोगबाट पत्रकार रवि लामिछाने ‘ठूलो भ्रष्टाचारी हुन्’ भन्ने मनगणन्ते समाचार नक्कली भएको बताइएको छ ।