पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

पप्पु कन्स्ट्रक्सनलाई कारबाही गर्न निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संसदको विकास तथा प्रविधि समितिले पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न सिफारिस गरेको छ ।

शुक्रबार बसेको समिति बैठकले तीन कुनेस्थित बागमती नदीमा बन्दै गरेको पुल निर्माणको ठेक्का लिएको पप्पुलाई काम अघि नबढाउन निर्देशन दिँदा–दिँदै पनि अटेर गरी काम अघि बढाएको भन्दै कारवाही गर्न निर्देशन दिएको हो ।

निर्माणाधीन पुलमा त्रुटि देखिएको भन्दै काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले समस्या समाधान गरेर मात्र काम अघि बढाउन यसअघि निर्देशन दिएको थियो । तर, उक्त निर्देशनको पालना नै नगरी स्ल्याब ढलानको तयारी गरेको भन्दै समितिले पप्पुलाई कारवाही गर्न निर्देशन दिएको छ ।