माइक्रो फाइनान्सको चिन्ताले राष्ट्र बैंक रातभर सुत्दैनः गर्भनर नेपाल

माइक्रो फाइनान्सको चिन्ताले राष्ट्र बैंक रातभर सुत्दैनः गर्भनर नेपाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवि नेपालले लघुवित्त कम्पनीहरुलाई अब मर्जरमा लैजाने बताएका छन् ।

शुक्रबार राजधानीमा आइविएन मिडिया एण्ड रिसर्चले आयोजना गरेको कार्यक्रममा बोल्दै गर्भनर नेपालले माइक्रो फाइनान्सको चिन्ताले आफूहरु रातभरी सुत्न नसकेको बताउँदै अब लघुवित्त कम्पनीहरुलाई मर्जरमा लैजाने बताए ।
लघुवित्त संस्थाहरुमा डुब्लिकेशन र अन्य बिकृतीहरु देखिएको चिन्ताले राष्ट्र बैंक रातभर नसुत्ने गर्भनरले बताए ।

गभर्नर नेपालले भने, ‘मौद्रिक नीति आउन १ महिना मात्रै बाँकी छ, तपाईहरु आफै मर्जरमा जान तयार भएर आउनुहोस, हामी विशेष व्यवस्था गर्छौ त्यसपछि रोइकराई गर्न पाइँदैन ।’

मौद्रिक नीति आइसकेपछि माथिल्लो निकायमा गएर जस्तोसुकै दबाब दिए पनि राष्ट्र बैंक आफ्नो निर्णयबाट पछि नहट्ने उनले जानकारी गराए । त्यसैगरी गर्भनरले लघुवित्त कम्पनीहरुको सेयर मूल्य अस्वभाविक भएको भन्दै चनाखो हुन आग्रह गरे ।