कुमारी बैंकको अध्यक्षमा अमिर प्रताप राणा चयन


काठमाडौं – कुमारी बैंक लि.को अध्यक्षमा अमित प्रताप राणा चयन भएका छन् । शुक्रबार बोलाइएको विशेष साधारण सभावाट संस्थापक समूहको तर्फवाट प्रतिनिधित्व गर्ने अमिर प्रताप ज.ब.राणा र कृष्ण प्रसाद ज्ञवालि साथै सर्वसाधारण समूहको तर्फवाट प्रतिनिधित्व गर्ने महेश प्रसाद पोखरेल र अनुराधा चौधरी निर्विरोध निर्वाचित भएका उक्त बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

नव निर्वाचित सञ्चालकहरु ४ जना र विद्यमान स्वतन्त्र सञ्चालक प्रा.डा.गणेश प्रसाद पाठक सहित ५ जनाको सञ्चालक समितिलाई निवर्तमन अध्यक्ष सन्तोष कुमार लामाज्यू तथा निवर्तमन संस्थापकज्यूहरुले स्वागत गरे । साथै सोहि दिन बसेको नव निर्वाचित सञ्चालकहरुको बैठकले अमिर प्रताप ज.ब.राणालाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको व्यहोरा समेत बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement