डडेलधुरा अस्पतालमा सुत्केरीको मृत्यु :अस्पताल तोडफोड

डडेलधुरा अस्पतालमा सुत्केरीको मृत्यु :अस्पताल तोडफोड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

डडेलधुरा – सुत्केरी एक महिलाको शुक्रबार राति ज्यान गएपछि पीडित पक्षले डडेलधुरा अस्पतालमा तोडफोड गरेका छन् । अप्रेसन गरेर शिशु जन्माएकी सुत्केरीको १४ दिनपछि मृत्यु भएको हो ।तोडफोड पछि डडेलधुरा बजारमा गरेको चक्काजामका कारण सदरमुकाम तनावग्रस्त बनेको छ ।

अमरगढी नगरपालिका ६ छचोडाकी २६ वर्षीया गीता ताम्राकारको उपक्षेत्रीय अस्पताल डडेलधुरामा ज्यान गएपछि उनका आफन्त र गाउँलेले चिकित्सको लापरवाहीका कारण ज्यान गएको भन्दै आन्दोन गरेका छन् ।

दुईसाता अघि शल्यक्रिया गरेर अस्पतालमा वच्चा जन्माएकी ताम्राकारलाई अत्यधिक रक्तस्राव भएपछि शुक्रबार अस्पतालमा पुगाइएको थियो । चिकित्सकले उपचार गर्दागर्दै उनको मृत्यु भएपछि शुक्रबार राति सयौं गाउँले आएर अस्पतालमा तोडफोड गरेका थिए । अस्पतालका अनुसार ९ दिन पछि ताम्राकारलाई अस्पतालले डिस्चार्ज गरेको थियो । १४ दिनपछि पुन रक्तश्राव सुरु भएपछि उनलाई अस्पताल ल्याइएको थियो ।

उपक्षेत्रीय अस्पताल डडेलधुरामा ८ पिन्ट रगत दिएर धनगढी रिफर गर्नु अघि सुत्केरीको मृत्यु भएको थियो । स्थानीयले चिकित्सकले लापरवाही गरेकाले कार्वाही र क्षतिपूर्तिको माग गर्दै आन्दोलन गरेका हुन । सदरमुकामको तुफानडाँडा चोकमा मृतकका आफन्त र गाउँलेले चक्काजाम गरेपछि पहाडी जिल्ला बझांग, दार्चुला र बैतडीबाट तराइका लागि हिँडेका सयौं दर्जनौं साधन र सयौं यात्रु अलपत्र परेका छन् ।

उपचारका नाममा ज्यान लिन पाइदैन, हत्यारालाई कार्वाही गर लगायतका नारा लगाउँदै महिलाहरुले प्रशासन घेराउ गरेका छन्। त्यस्तै पुरुषले सदरमुकाम तुफानडाँडा चोकमा टायर बाली सडक समेत अवरुद्ध गरेका छन्। बिहान १० बजे देखि मृतकका आफन्तले सडक अवरुद्ध पारेका छन्।