काठमाडौं – दुई तीनदिन यता तराइ क्षेत्रमा बढिरहेको गर्मीको प्रभाव काठमाडौँ उपत्यकामा परेको छ। शुक्रबार अधिकतम तापक्रम यो वर्षकै उच्च रहेको जनाइएको छ । मौसम पूर्वानुमान महाशाखाका अनु्सार शुक्रबार ३३ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो।
काठमाडौंमा शनिबार बिहानको तापक्रम १९ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार काठमाडौंको तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाका मौसमविद् सुवास रिमालले अहिले चर्को घाम लागे पनि दिउँसोपछि आशिंक बदली भएर बेलुकीतिर उपत्यकाको थोरै ठाउँमा फाट्टफुट्ट पानी पर्ने सम्भावना रहेको बताए ।




प्रतिक्रिया