ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु

ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु


डडेल्धुरा – डडेल्धुराको आलिताल गाउँपालिका–८ कुजेर्निमा शनिबार राति ट्र्याक्टर दुर्घटना हुँदा एक स्थनीयको मृत्यु भएको छ ।

मृत्यु हुनेमा समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनी रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

बालुवा बोकेर आलिताल गोदामबजारबाट कुर्जेनी जाँदै गरेको से२त २८५० नम्बरको ट्र्याक्टर दुर्घटनामा परेको हो ।दुर्घटनामा परी आलिताल गाउँपालिका–८ का पदम राना सामान्य घाइते छन ।

दुर्घटनापछि ट्रयाक्टर चालक धनजीत धामी फरार रहेका आलिताल प्रहरी चौकीले जनाएको छ । प्रहरीले फरार चालकको खोजी सुरु गरेको छ ।