काठमाडौं – चन्द्रागिरी नगरपालिका–१२ सतुङ्गल चोकमा प्रहरीलाई नगद १ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्र्न खोज्ने एक जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काभ्रे वेथानचोक गाउँपालिका–१ घर भई बाफल बस्ने २५ वर्षीय विष्णु केसी रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी प्रभाग थानकोटबाट खटिएको प्रहरीले कलंकीबाट थानकोटतर्फ जाँदै गरेको ना.३ ख ६५२५ नम्बरको गाडी जाँच गर्ने क्रममा नगद दिई आर्थिक प्रलोभनमा पार्ने खोजेकोले उक्त रकम सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया