सोलुखुम्बु – ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी जलविधुत आयोजनाको निर्माणमा प्रयोग भएका स्काभेटरमा आगजनी भएको छ ।
सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–११ पिङ्गलाको भदौरे भन्ने ठाउँमा अज्ञात समूहद्वारा निर्माण क्षेत्रमा रोकेर राखिएको स्काभेटरमा शनिबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
स्काभेटर आगजनी गरिएको क्षेत्रमा प्रेसरकुकर बम समेत फेला परेको प्रहरीले जनाएको छ । आगजनी भएका स्काभेटरबारे बुझ्न गएको प्रहरीको टोलीले घटनास्थलमा प्रेसर कुकर बम राखिएको देखेपछि डिस्पोजका लागि सेनालाई खबर गरेको छ ।




प्रतिक्रिया