धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु


काठमाडौं – काठमाडौंको धापासीस्थित नेचर क्लबमा पौडी खेल्ने क्रममा एक जनाको मृत्यु भएको छ । आइतबार साँझ ५ बजे पौडी खेल्ने क्रममा अन्दाजी २८ वर्षीय नाम नखुलेका एक जनाको मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख प्रसाईंले पौडी खेल्ने क्रममा बेहोस भएका ती व्यक्तिको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा मृत्यु भएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement