प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले दिए राजिनामा

प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. श्रेष्ठले दिए राजिनामा


बुटवल – १५ महिनादेखि प्रादेशिक योजना आयोगको उपाध्यक्ष पदको जिम्मेवारी सम्हालेका प्रदेश ५ योजना आयोगका उपाध्यक्ष डा. प्रकाशकुमार श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा दिएर पुरानैै स्थान बैङ्कमा फर्किएका छन् ।

श्रेष्ठले आयोगको उपाध्यक्षको जिम्मेवारीमा रहँदा प्रदेशको वस्तु विवरण स्थितिपत्र र आवधिक योजना बनाउने जस्तो महत्त्वपूर्ण काम गरेका थिए । डा. श्रेष्ठलाई ०७४ चैत ६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा नियुक्ति गरेको थियो ।

मुख्यमन्त्री शंकर पोखरेलको जोडबल र आग्रहमा नेपाल राष्ट्र बैङ्कको निर्देशकबाट काज मिलाएर प्रादेशिक योजना आयोगको उपाध्यक्षमा आएका श्रेष्ठ कार्यकारी निर्देशकमा पदोन्नति भएपछि पुनः राष्ट्र बैङ्क नै फर्केका हुन् ।