काठमाडौं – राजधानीको सामाखुसीस्थित कपडा पसलमा आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ ।
टोखा नगरपालिका–४ सामाखुसी चोकमा सञ्चालन भएको कपडा पसलमा आइतबार राति विद्युत् चुहावट भएर आगलागी हुँदा कपडा पसल, तीन खाजा घर र तरकारी पसल जलेर नष्ट भएको महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए ।
आइतबार राति ९ बजेदेखि सुरु भएको आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, तीन दमकल र दुई पानी ट्यांकरको सहायताले १०ः१५ बजे आगो नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।
आगलागीबाट १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया