काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संसदमा दर्ता गरेको गुठीसम्बन्धी विधेयकबारे छलफल गर्न नेकपाका सांसद, उपत्यकाका जनप्रतिनिधि र गुठियारलाई बालुवाटार बोलाएका छन् ।
साताव्यापी युरोप भ्रमण सकि आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै विधेयकमा गल्ती भए सरकारले सच्याउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सोहीअनुसार सोमबार बिहानदेखि नै उनले यसबारे विभिन्न पक्षसँग छलफल गर्न लागेका हुन् । दिउँसो तीन बजेतिर बैठक बस्ने गरी प्रधानमन्त्रीले काठमाडौंमा सांसद, मेयर, केही वडाध्यक्ष र गुठियारलाई बोलाएका हुन ।
राष्ट्रिय सभामा दर्ता भएको गुठीसम्बन्धी विधेयकले आफ्नो परम्परा मास्न खोजेको भन्दै उपत्यकाका तीनै जिल्लाका नेवार समुदाय आन्दोलनमा होमिएका छन् ।
प्रधानमन्त्री ओली आजै साँझसम्म गुठी विधेयकबारे निर्णयमा पुग्ने बताइएको छ ।




प्रतिक्रिया