काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मंगलबारको संसद बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
गुठी विधेयकलाई लिएर आन्दोलन चर्केपछि त्यसलाई साम्य पार्न प्रधानमन्त्री ओलीले संसद बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको संसद सचिवालय श्रोतले बताएको छ । संसद बैठक बिहान ११ बजे बस्दै छ ।
चर्केको गुठी आन्दोलनका विषयमा सोमबार प्रधानमन्त्री ओलीले भूमि सुधार मन्त्री पद्मा अर्यालसहित काठमाडौँका जनप्रतिनिधिहरुसँग दिनभर विभिन्न चरणमा छलफल गरेका थिए ।
छलफलमा गुठी विधेयकबारे मन्त्रिपरिषदबाट आवश्यक निर्णय लिने बताएका प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्न लागेका हुन् ।




प्रतिक्रिया