बैंकिङ कसुरका फरार प्रतिवादी प्रमोदकुमार खड्का पक्राउ


काठमाडौं – बैंकिङ कसुरका फरार प्रतिवादी प्रमोदकुमार खड्कालाई प्रहरीको केन्द्रीयय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको छ ।

आज (बुधबार) पक्राउ परेका उनलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरी कैद भुक्तानको लागि कारागार कार्यालय जगन्नाथदेवल काठमाडौंमा पठाईएको छ ।

काठमाडौंको तारकेश्वर नगरपालिका–९ (साविक मनमैजु गाविस–३) का खड्काले प्रशान्त जैसवालसँग २३ लाख रुपैयाँ सापटीको रुपमा लिएर ठगी गरेको प्रहरीले जनाएको छ ।

खड्कालाई बैकिङ् कसुर मुद्दामा उच्च अदालत पाटनको गत वैशाख १६ गतेको फैसलाले १ महिना कैद र २३ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement