भ्रष्टाचारमा संलग्न प्रधानाध्यापक नगरपालिकाद्वारा निलम्वनमा

भ्रष्टाचारमा संलग्न प्रधानाध्यापक नगरपालिकाद्वारा निलम्वनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनुषा– भ्रष्टाचारमा संलग्न रहेको आरोप लागेका धनुषाको सहिद नगरपालिका –७ स्थित एसएनआरज माविका प्रधानाध्यापक श्रीप्रसाद गोहीबार पद्बाट निलम्बनमा परेका छन्।

विद्यालयको भवन निर्माण तथा छात्रवृत्तिको बजेटमा व्यापक अनियमितता गरेको देखिएपछि सहिद नगरपालिकाले उनलाई पद्बाट निलम्बन गरेको हो।

सोमबार बसेको नगरकार्यपालिका बैठकले प्रअ गोहीबारलाई प्रचलित कानुन बमोजिम निलम्वन गरेको नगरपालिका प्रमुख उदयकुमार बरबरियाले जानकारी दिए।