रेशम चौधरी प्रकरण : नेल लगाउने कर्मचारीलाई कार्वाही गर्न प्रधानमन्त्रीको निर्देशन

रेशम चौधरी प्रकरण : नेल लगाउने कर्मचारीलाई कार्वाही गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले निलम्बनमा परेका सांसद रेशम चौधरीको खुट्टा सिक्रीले बाध्ने कर्मचारीलाई कार्वाही गर्न निर्देशन दिएका छन् । 

प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई उक्त घटनामा संलग्न कर्मचारीलाई कडा कार्वाही गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले चौधरीलाई नेल लगाएको घटनाप्रति प्रधानमन्त्री गम्भिर बनेको भन्दै उक्त घटनामा संलग्नलाई कार्वाही गर्न निर्देशन दिएको जानकारी दिए । 

टीकापुर हत्याकाण्डमा संलग्न रहेको अभियोगमा कैद सजाय भोगिरहेका राजपाका निर्वाचित सांसद चौधरीको मेरुदण्डमा समस्या आएपछि विर अस्पताल भर्ना गरिएको थियो । 

अस्पतालको बेडमा नै उनको खुट्टामा १४ किलोको फलामको नेल बांधेको फोटो सार्वजनिक भएपछि उक्त घटनाको चौतर्फी आलोचना भएको थियो । 

चौधरीलाई भेट्न विर अस्पताल पुगेका पुर्व प्रधानमन्त्री बावुराम भट्टराईले उक्त फोटो सार्वजनिक गर्दै विरोध जनाएका थिए । भट्टराईले सरकारको व्यवहारको आलोचना गर्दै तत्काल नेल खोल्न आग्रह गरेका थिए ।