काठमाडौं– गृहमन्त्री रामबहादुर थापालाई हटाउने समाचार नेकपा अध्यक्ष प्रचण्डको सचिवालयले खण्डन गरेको छ । मन्त्रिमण्डल पुनर्गठनको चर्चा चलिरहेका वेला उनको सचिवालयले यो समाचारमा सत्यता नभएको जनाएको छ ।
प्रचण्डपुत्री तथा उनकी प्रमुख स्वकीय सचिव गंगा दाहालले सामाजिक सञ्जालमार्फत नै चर्चामा आएको विषयमा सत्यता नभएको उल्लेख गरेकी छन् ।
उनले लेखेकी छन्,‘राष्ट्रको चौथों अंग जिम्मेबार नबनेसम्म जनताले पाउने सूचनाको हकमाथि अन्याय हुन जान्छ । हाम्रो पार्टीका सचिवालय सदस्य तथा नेपाल सरकारका गृहमन्त्रीलाई मन्त्री पदबाट हटाउने हल्ला निराधार र भ्रमपूर्ण रहेकाले यसको पछि नलाग्न अनुरोध छ ।’
मन्त्रिमण्डल पुनर्गठन र पार्टी एकतालाई टुंगो लगाउने विषयमा विहीबार राती प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको थियो । दुवै अध्यक्षको भेटपछि अनेक अडकलवाजी हुन् थालेपनि अहिलेसम्म सरकार पुर्नगठनको वारेमा भने कुनै सहमती भएको छैन् । रिक्त रहेको पर्यटन मन्त्रालयमा संचारमन्त्री गोकुल वास्कोटालाई पठाउने र संचारमा नेकपाका स्थायी समिति सदस्य योगेश भट्टराईलाई जिम्मेवारी दिने तयारी भने दुवै नेताबीच भएको बताईन्छ ।




प्रतिक्रिया