कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार नौ जना नेपाली पास

कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक, १२ हजार नौ जना नेपाली पास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कोरियन भाषा परीक्षा (इपीएस) को नतिजा सार्वजनिक भएको छ । इपीएस कोरियाले बिहिबार राति नतिजा सार्वजनिक गरेको हो । भाषा परीक्षामा १२ हजार नौ जना नेपाली पास भएका इपिएस कोरिया शाखाले जनाएको छ ।

परीक्षामा कुल ९२ हजार ३ सय ५६ जना परीक्षार्थी सहभागी भएका थिए । जसमा कृषि क्षेत्रमा कृषि क्षेत्रमा दुई हजार ८७६ र उद्योग क्षेत्रमा नौ हजार १४३ जना विद्यार्थी पास भएका छन ।

 भाषा परीक्षा गत जेठ २५ र २६ गते काठमाडौं र पोखरामा लिइएको थियो । आगामी वर्ष एवं सन् २०२० का लागि दक्षिण कोरियाले कुल १० हजार ५० जना नेपाली प्रशिक्षार्थी कामदार लैजाने कोटा निर्धारण गरेको छ ।