नेकपालाई चौतर्फी दबाब, मेयर चौधरीलाई होला त कारवाही ?

नेकपालाई चौतर्फी दबाब, मेयर चौधरीलाई होला त कारवाही ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीलाई कारवाही गनुपर्ने माग गरेका छन् । बैठकमा सांसदहरूले महिलामाथि अपमानजनक शब्द प्रयोग गरेको भन्दै कारवाहीको माग गरेका हुन ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले मेयर चौधरीले नारीको अपमान गरेकाले कारबाही हुनुपर्ने माग गरेका छन् ।

बैठकमा बोल्दै उनले भने, ‘सबैको घरमा आमा छन, सहयात्री छन, सबैको घरमा छोरी बुहारी छन, त्यसैले नारीको अपमान गर्ने कार्य हाम्रो पार्टीले घोर विरोध गर्छ, कुनै पनि जनप्रतिनिधिले कुनै पनि नेपालीले नारीमाथि अपमान गर्ने छुट छैन, त्यसमा सरकार गम्भीर बनोस् यस्ता विचार अभिव्यक्त गर्नेहरु पनि सच्चियुनन ।’

नेकपाकी सांसद विन्दा पाण्डेले मेयरको अभिव्यक्तिले मतदाताको शीर निहुरिएको भन्दै कारबाही गर्न माग गरिन् । उनले भनिन, ‘स्थानीय तहदेखि संघीय तहसम्मका कतिपय जनप्रतिनिधिका अभिव्यक्तिले मतदाताको समेत शीर निहुर्‍याउनु पर्ने अवस्था देखिएको छ ।’

कांग्रेस सांसद सीतादेवी यादवले सम्पूर्ण महिलामाथि अपमानजनक शब्द प्रयोग गर्दा पनि मेयरलाई अहिलेसम्म कारवाही किन नगरेको भन्ने प्रश्न गरिन् । उनले भनिन, ‘यस्तो घृणित काम गर्ने मेयरलाई तुरुन्त कारवाही गर्न जोडदार माग गर्दछु ।

अर्की सांसद लक्ष्मी परियारले इटहरी नगरपालिकाका मेयरले अपमानजनक शब्द प्रयोग गरेर महिलाको इज्जतमाथि खेलवाड गरेकाले कारबाहीको माग गरेकी छिन् ।

केही समयअगाडि पत्रकारको नाकको हड्डी भाच्ने अभिव्यक्ती दिएपछि मेयर चौधरी लगातार विवादमा तानिँदै आएका छन् । महिला अधिकारकर्मीहरुले पनि मेयर चौधरीलाई कारबाही गर्न माग गरेका छन् ।