काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सन्तान सरह विरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरेका छन्। वृक्षारोपण दिवसको अवसरमा शनिबार कोटेश्वर–कलंकी सडकको किनारामा वृक्षारोपण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए।
ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका छन्। सरकारले यस बर्ष देखि असार १४ गतेलाई वृक्षारोपण दिवसको रुपमा मनाउने भएको छ ।
प्रधानमन्त्री ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिष्पर्धा हुनुपर्ने बताए। ‘हामीले रोपेका विरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनु पर्दछ,’ उनले भने, ‘अबको प्रतिष्पर्धा विरुवा संरक्षण गर्नेमा हुनुपर्दछ । ’
वृक्षरोपण दिवस सरकारको मात्र कार्यक्रम नभएर गैह्र सरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रहरुम वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनु पर्ने बताए । यस बर्ष न्यूनतम ३ करोड र बढीमा ५ करोड वटा विरुवा रोप्ने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । वृक्षराेपण दिवसकाे अवसरमा शनिबार मुलुकका विभिन्न स्थानमा बाेटबिरूवा राेपिएकाे छ।




प्रतिक्रिया