कठमाडौं – सरकारले हरेक वर्ष मनाउँदै आइरहेको धान दिवस यो वर्ष पनि ‘धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण’ भन्ने मूल नाराका साथ आज १६औं राष्ट्रिय धान दिवस मनाइँएको छ ।
सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ । यसै अवसरमा नेपालस्थित अमेरिकी दूतावासले पनि १६औं राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना दिएको छ ।
दूतावासले आफ्नोे आधिकारिक ट्वीटर ह्याण्डलबाट नेपाललाई धान दिवसको शुभकामना दिएको हो । दूतावासले ट्वीट गर्दै भनेको छ, ‘असार १५ को शुभकामना । Happy Asaar 15 #Nepal !’
असार १५ गतेलाई मुठी खाएर मुरी उब्जाउने महीनाकोे नामले चिनिन्छ । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महीनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
असार १५ को शुभकामना।Happy Asaar 15 #Nepal! ? pic.twitter.com/nVhMJv1lVc
— U.S. Embassy Nepal (@USEmbassyNepal) June 30, 2019




प्रतिक्रिया