काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले सरकारको आर्थिक वर्ष २०७४–०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेका छन् ।
उनले राष्ट्रिय सभाको आईतबारको बैठकमा आर्थिक वर्ष २०७४–०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ । संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ ।




प्रतिक्रिया