काठमाडौं – आज (आइतबार) दिउँसो भक्तपुरमा एक महिलाको घाँटी रेटिएको छ । भक्तपुरको खरिपाटीमा आर वान फाइप मोटरसाइकलमा चढेर आएका ३ जना युवाको समूहले खरिपाटी बस्ने ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
घटनामा संलग्न युवाको खोजी भइरहेको अपराध महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेकाे एसएसपी थापाले बताए ।




प्रतिक्रिया