काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल वायु सेवा निगमको जहाज नेपाली सेनालाई दिने प्रस्ताव अस्वीकार गरेका छन् । उनले जहाज काम नलाग्ने भएर सेनालाई दिने भनिएको हो भने सेना कबाडी खाना हो ? भन्दै आक्रोश पोखेका छन् ।
सोमबार नेपाल वायु सेवा निगमको वार्षिक उत्सवको अवसरमा आयोजित सम्मेलनमा कर्मचारीका युनियन अध्यक्ष तारणीप्रसाद कोइरालाले वायु सेवा निगमको जहाज नेपाली सेनालाई चलाउन दिने प्रस्ताव गरेपछि ओलीले काम लाग्दैन भनेर सेनालाई दिन खाेजिएकाे हो ? भन्दै आक्रोश पोखेका हुन् ।
प्रधानमन्त्रीकै सामु यस्तो प्रस्ताव राखेपछि प्रधानमन्त्रीले ‘पाइलटको कमी भयो र ?’ भन्दै प्रश्न तेर्साए ।
‘काम लाग्दैन भनेर सेनालाई दिउँ भनेको हो भने सेना कबाडी खाना हो ? काम नलाग्ने भएर दिउँ भनेको हो भने सेना बञ्चरेडाँडा हो ? पाइलट नभएर कि ? जङ्गी पोशाकमा मात्र उड्छ कि ?’




प्रतिक्रिया