काठमाडौं – असार लागेसँगै देशका विभिन्न स्थानमा रोपाईं भइरहेको छ । आइतबार देशभार असार १५ गते अर्थात धान दिवस मनाइयो । धान दिवसको अवसरमा विभिन्न नेता, कर्मचारी, मन्त्रीदेखि उच्च पदस्थहरु खेतमा पुगेर रोपाईंमा सहभागी बने ।
यस्तै क्रममा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले पनि आफ्नो गृहजिल्ला गोरखा पुगेर रोपाईंमा सहभागी भए । खेतमा समय बिताउने क्रममा उनी ‘हली’ बन्दै गोरु जोते । यस्तै उनले बाउसे बनेर खेत पनि सम्याए ।
आफूले गरेको क्रियाकलापहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्ने डाक्टर भट्टराईले यी तस्बिरहरु पनि आफ्नो ट्वीटर, फेसबुक लगायतका सामाजिक सञ्जालमा राखेका छन् । उनले गरेकोे ट्वीटमा पत्नी हिसिला यामीले गज्जबको वाक्य लेख्दै रिट्वीट गरेकी छन् । उनले लेखेकी छन्, ‘मेरो गाउँको बुढो पातलो भएपनि बलियो : म शहरकी बुढी हट्टाकट्टा देखिए पनि, बलियो उनै छन् !’
मेरो गाॅउको बुढो पाटलो भए पनि बलियो : म शहरकी बुढी हत्ता कत्ठा देखिए पनि बलियो उ नै छन् ! https://t.co/h3wvySMofF
— Hisila Yami (@HisilaPost) June 30, 2019




प्रतिक्रिया