साझामार्फत बिजुली बस चलाउन ४५ करोड, प्रदेश र स्थानीय सरकारको हातेमालो

साझामार्फत बिजुली बस चलाउन ४५ करोड, प्रदेश र स्थानीय सरकारको हातेमालो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं—उपत्यकामा बिजुली बस चलाउन साझा यातायातमा थप ४५ करोड रुपैयाँको शेयर लगानी हुने भएको छ । प्रदेश ३ सरकारकातर्फबाट ३० करोड, काठमाडौं महानगरकातर्फबाट १० करोड, ललितपुर महानगरकातर्फबाट २ करोड ५० लाख र साझा आफैंले २ करोड ५० लाख रुपैयाँ शेयर लगानी थप गरेर एकमुष्ठ ४५ करोड रुपैयाँबाट बिजुली बस खरिद योजना छ ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजना गरिएको ‘युरो ४ मापदण्डका सहरी बस सेवा शुभारम्भ र बिद्युतीय बस सञ्चालनका लागि सहमति पत्रमा हस्ताक्षर’ कार्यक्रममा हस्ताक्षरपछि प्रदेश ३ का तर्फबाट ३० करोड रुपैयाँ हस्तान्तरण गरियो । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले साझा यातायात सञ्चालक समितिका अध्यक्ष कनकमणि दीक्षितलाई उक्त रकमको चेक हस्तान्तरण गरे।

सोही अवसरमा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले सोही प्रयोजनका लागि २ करोड ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरे। काठमाडौं महानगरको ५ करोड तथा ललितपुर महानगरको १ करोड रुपैयाँ शेयर लगानीबाट प्राप्त भएको रकमबाट २० वटा युरो ४ मापदण्डका २० वटा सहरी सवारी सेवा पनि शुभारम्भ गरियो ।

प्रदेश ३ का मुख्य मन्त्री डोरमणि पौडेलले, विद्युतीय रकम भुक्तानी (इपेमेन्ट) का लागि ‘यात्रा कार्ड’ को शुभारम्भ गरे, भने काठमाडौं महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले — महानगरले जारी गरेको ‘काठमाडौँ महानगरपालिका सवारी तथा यातायात व्यवस्थापन ऐन, २०७५’ सार्वजनिक गरे। ऐन गएको चैत २४ गते सम्पन्न महानगरको चौथो नगर सभाबाट स्वीकृत भएको हो ।