मलाई अहिलै निकाले पनि टेन्सन छैन् : चक्रपाणी खनाल

मलाई अहिलै निकाले पनि टेन्सन छैन् : चक्रपाणी खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काडमाडौं – कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले आफूलाई अहिले नै मन्त्री पदबाट हटाए पनि केही फरक नपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबले मंगलबार बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री खनालले मन्त्रीहरुको मूल्यांकनमा ‘डेन्जर जोन’मा परेको भनेर बेला–बेला समाचारमा आउने गरेको बताउँदै खनालले आफुलाई अहिले नै पदबाट हटाइए पनि कुनै फरक नपर्ने बताए । उनल भने, ‘मेरो कुरा गर्नुहुन्छ भने अहिले नै हटाए पनि कुनै टेन्सन छैन ।’

उनले तत्काल मन्त्रीमण्डल फेरिने सम्भावना नरहेको बताउँदै प्रधानमन्त्रीले चाहे जुनसुकै बेला मन्त्रीको पद जाने भने पनि अहिले तत्काल मन्त्रिमण्डल फेरबदलको सम्भावना नरहेको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीले चाहे सबै मन्त्री फाल्न सक्नुहुन्छ, काम जति राम्रो गरेपनि त्यही मान्छे बसिरहने कुरा पनि हुँदैन, अरुलाई पनि पालो दिनुपर्छ ।’

मन्त्री खनालले सरकारले राम्रा काम गरिरहेको दाबीसमेत गरे । सरकारले कामलाई योजनाबद्ध रुपमा अघि बढाए पनि भनेजस्तो परिणाम आउन भने नसकेको उनले स्वीकार गरे ।

उनले दुई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको बताए ।