काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका एक नेता पक्राउ परेका छन् ।
पार्टीको कामको सिलसिलामा काठमाडौं जाँदै गर्दा रसुवाका जिल्ला सदस्य बासु पाठकलाई प्रहरीले असार १५ गते बाटैबाट पक्राउ गरेको हो ।
विप्लव समूहका रसुवा जिल्ला इन्चार्ज कविन्द्रले एक विज्ञप्ति जारी गरी पाठकलगायतलाई तत्काल रिहा गर्न माग गरेका छन् ।
शान्तिपूर्ण हिँडडूल गर्न पाउने अधिकारी माथि राज्यले हमला गरेको भन्दै पार्टीमाथि लगाइएको प्रतिबन्धपछि पार्टीमाथि दमन तीब्र पारिएको आरोप लगाइएको छ ।
विज्ञप्तिमा यस्तो कार्य तत्काल रोक्न अनुरोध गर्दै अन्यथा प्रतिरोध गर्नुको विकल्प नभएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया