राजनीतिक र सामाजिक क्षेत्रमा प्रकाशको योगदान अभूतपुर्व : प्रचण्ड

राजनीतिक र सामाजिक क्षेत्रमा प्रकाशको योगदान अभूतपुर्व : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालले राजनीतिक र सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् ।

३८औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार राजधानीमा गरेको कार्यक्रममा नेकपाका अध्यक्ष एवं पिता दाहालले ३६ वर्षको छोटो उमेरमै भएको आकस्मिक निधनले परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयमै प्रकाशले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे ।

प्रचण्डले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले शान्ति प्रकृयामा उनले दिएका योगदान, अनुभव र काम हेर्दा पूर्ण जीवन भोगेर गएको स्मरण गरे ।