सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मत बाझिएको छ ।प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भइरहेको छलफलका क्रममा सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदबीच जुहारी चलेको हो ।

विधेयकमा सहमति जुटाउन बनेको उपसमितिमा लामो छलफल पछि प्रतिवेदनसहित पूर्ण समितिमा आएको विधेयकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आपत्ति जनाए । उपसमितिको प्रतिवेदनमा पनि ४ बुँदे असहमतिपत्र लेखेका कांग्रेस सांसदले पूर्ण समितिको बैठकमा विधेयकले मौलिक हक हनन् गर्ने भन्दै आपत्ति जनाए ।

सत्तापक्षका सांसदले समितिले बुधबारको बैठकबाटै उक्त विधेयक पारित गर्ने तयारी गरेका थिए । तर कांग्रेस सांसदहरूले आपत्ति जनाएपछि थप छलफल गर्ने भन्दै बैठक स्थगित भयो । ‘सांसद नै विभाजित भएर यसलाई पारित गर्न हुँदैन’, कांग्रेस सांसद रामबहादुर विष्टले भने, ‘यसलाई आफ्ना पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्नुपर्छ र विज्ञसँग मसिनो गरी छलफल गर्नुपर्छ ।’

उपसमिति बैठकमा फरक मत राखेका कांग्रेस सांसद बहादुरसिंह लामाले विधेयकको दफा ९१ देखि ९४ सम्म खारेज गर्नुपर्ने धारणा राखे । यो खबर आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।