सप्तरी – खुकुरी प्रहार गरी आमाको हत्या गर्नेलाई प्रहरीले पक्राउ गरेको छ ।
सुरुङ्गा नगरपालिका–१ चहकाका ३४ वर्षीय रिठ्ठे भनिने जङ्गबहादुर पुलामीलाई प्रहरीले शुक्रबार पक्राउ गरि सार्वजनिक गरेको हो ।
मानसिक अवस्था ठिक नभएका भनिएका पुलामीको खुकुरी प्रहारबाट उनकी आमा ६५ वर्षीया धनमाया पुलामीको बिहीबार साँझ निधन भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले जानकारी दिए ।
खुकुरी प्रहारबाट घाँटी तथा अनुहारमा चोट लागेको मृतक धनमायाको शव पोष्टमार्टमका लागि सिरहा अस्पताल लहान लगिएको छ ।
खुकुरी प्रहार गर्ने पुलामीलाई सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।




प्रतिक्रिया