प्रचण्ड र श्यामशरणको ‘गोप्य’ भेटबारे प्रचण्ड सचिवालयले गर्यो यस्तो खुलासा

प्रचण्ड र श्यामशरणको ‘गोप्य’ भेटबारे प्रचण्ड सचिवालयले गर्यो यस्तो खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुनै भारतीय व्यक्ति वा निकायसँग गोप्य भेटघाट नभएको खुलासा भएको छ ।

भारतीय पूर्वविदेशमन्त्री श्यामशरणसँग गोप्य भेट गरेको भन्ने समाचार प्रकाशित भएपछि प्रचण्ड सचिवालयका तर्फबाट प्रमूख स्वकीय सचिव गंगा दाहालले प्रष्टीकरण दिँदै भनेकी छन्, ‘अध्यक्ष प्रचण्डका कुनै पनि कुटनीतिक भेटघाटहरु गोप्य र रहस्यमय छैनन् बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरुसँगको समन्वयमै भैरहेका छन् ।’

श्यामशरणसँग प्रचण्डको गोप्य भेट भएको भन्ने समाचारप्रति गम्भिर ध्यानाकर्षण भएको जनाउँदै दाहालले भनेकी छन्, ‘त्यससँग जोडेर गरिएका प्रचारबाजीहरु असत्य, नियोजित र दुराषययुक्त छन् ।’

भारतबाट आउने विषादीयुक्त परिक्षण प्रकरणमा पनि प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको प्रचारको भत्र्सना गर्दै दाहालले भनेकी छन्, ‘मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनु पर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ ।’

उनले अघि थपेकी छन्, ‘नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्दछौं ।’