सूचना टासेर प्रतिनिधि सभाको बैठक स्थगित

सूचना टासेर प्रतिनिधि सभाको बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको सोमबार दिउँसो बस्ने भनिएको बैठक सूचना टासेर स्थगित भएको छ। दिउँसो १ बजे बस्ने भनिएको बैठक संसद सचिवालयले सूचना टाँसेर स्थगित गरेको हो ।

संसद सचिवालयका अनुसार अर्को बैठक साउन ८ गते १ बजे बस्ने कार्यक्रम तय गरिएको छ। यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालले संसदमा स्थगनको प्रस्ताव दर्ता गराएका थिए।

उनीहरुले संसदको नियमित कार्यसूची स्थगित गरि बाढी पहिरोले देशभर र्पुयाएको क्षति तथा उद्दार र राहतमा सरकारले गरिरहेको कामबारे छलफल गर्न माग गरेका थिए।

प्रतिनिधिसभा नियमावलीको नियम ७८ (१) अनुसार अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमा छलफल गर्नका लागि बैठकको कार्यक्रम स्थगित गरियोस भन्ने प्रस्ताव सभामुखको अनुमतिले पेश गर्न सक्ने व्यवस्था गरिएको छ ।