विप्लव नेकपाका स्थायी समिति सदस्य ओली रिहा हुँदै

विप्लव नेकपाका स्थायी समिति सदस्य ओली रिहा हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नख्खु कारागारमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई रिहा गर्ने तयारी थालेको छ ।विप्लवले वार्ताका लागि ओलीको रिहाइलाई पहिलो सर्त बनाएपछि सरकार उनलाई रिहा गर्ने तयारीमा पुगेको हो ।

ललितपुरको नख्खुस्थित एनसेल मुख्यालयअगाडि तीन जनाको ज्यान जाने गरी भएको बम विस्फोटको मुख्य दोषी भएको आरोपमा जिल्ला अदालतको आदेशमा पुर्पक्षका लागि कारागारमा राखिएको छ ।

ओलीलाई केही दिनअघि नेकपा महासचिव विष्णु पौडेलले नख्खु कारागारमै पुगेर भेटेका थिए । पौडेललाई प्रधानमन्त्री केपी ओलीले विप्लवसँग वार्ताका लागि आफ्नो दूतका रुपमा खटाएका छन् । यस्तै असन्तुष्ट समूहसँग वार्ता गर्न गठित नेकपा सांसद सोमप्रसाद पाण्डे नेतृत्वको टोलीले पनि विप्लव समूहका एक स्थायी समिति सदस्य स्तरका नेतासँग काभ्रे र भक्तपुरको सीमास्थित एक होटलमा तीन दिनअघि वार्ता गरेको थियो ।

सो वार्तामा विप्लव समूहले ओलीको रिहाई वार्ताको पहिलो सर्त भएको अडान राखेको थियो । वार्तास्थलबाट सिधै प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुगेका पाण्डेले विप्लको सन्देश सुनाएका थिए । ओलीलाई रिहा गर्दा वार्ताको वातावरण बन्ने र विप्लव मुलधारको राजनीतिक प्रक्रियामा आउने सुनिश्चित भए छाड्न तयार रहेको सन्देश प्रधानमन्त्रीले पाण्डेमार्फत नै विप्लवसमक्ष पु¥याएका थिए । स्रोतका अनुसार प्रधानमन्त्रीले ओलीलाई रिहा गर्ने प्रक्रियाबारे महान्यायाधिवक्ता अग्नि खरेलसँग परामर्श गरेका छन् ।