शान्तिको बाधक विप्लव समूह : गृहमन्त्री थापा

शान्तिको बाधक विप्लव समूह : गृहमन्त्री थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको बताएका छन् ।  मन्त्रालयले वार्षिक कार्यसम्पादन समीक्षा र योजनाबारे जानकारी दिन मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए ।

‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन्’ गृहमन्त्रीको भनाइ छ । उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएको पनि बताए ।

‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढि नेता कार्यकर्ता नियन्त्रणमा लिइएको पनि मन्त्री थापाले जानकारी दिए । उनले सरकारले वार्ताको लागि बोलाएपनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए ।

कार्यक्रममा गृहसचिव प्रेमकुमार राइले शान्ति सुरक्षा कायम गर्न मन्त्रालयले सकेसम्म प्रयास गरिरहेको भन्दै विप्लव समूह मूलधारमा आएपछिमात्रै पूर्ण शान्ति कायम हुने बताए । त्यस्तै गृहन्त्रालयले निर्मला हत्या काण्डमा निरन्तर छानविन र अनुसन्धान भइरहेको पनि प्रस्ट पारेको छ ।