कांग्रेस केन्द्रीय कार्यसमति बैठक बस्दै, के छन् बैठकका एजेण्डा ?

कांग्रेस केन्द्रीय कार्यसमति बैठक बस्दै, के छन् बैठकका एजेण्डा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमति बैठक बस्ने भएको छ ।

बिहीबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काद्वारा प्रस्तुत १४ एजेन्डामाथि क्रमिक रुपमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार विहीबारको बैठकमा नयाँ विधान अनुसार पार्टीको अन्तरिक संरचना निर्माणका सम्बन्धमा छलफल हुनेछ ।

साथै पार्टी विधानको धारा ७२ (४) अनुसार पार्टी संगठनको अन्तरिम व्यवस्था अनुसारको गठन पश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रकृया अघि बढाउने सम्वन्धमा पनि छलफल हुनेछ ।

गत वर्ष मंसिर–पुसमा भएको महासमिति बैठकबाट पारित भइ फागुन १२ गते केन्द्रीय समितिबाट अनुमोदित पार्टी विधानले टोल, वडा, गाउँ र नगर, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी पार्टीका ८ तहका संरचनाको व्यवस्था गरेको छ ।

नयाँ विधान अनुसार सबै तहमा काँग्रेसले पार्टी संरचना निर्माण गर्न सकेको छैन । अन्तरिम संरचना अनुसार बुथ, प्रदेश निर्वाचन क्षेत्रीय, प्रदेश समिति गठन गर्नुपर्ने छ । संस्थापन पक्ष सहमतिका आधारमा उक्त समिति मनोनयनमार्फत गठन गर्ने कसरतमा छ । तर संस्थापन इतरपक्ष भने पार्टी विधानविपरीत मनोनयन गरिए नमान्ने अडानमा छ ।