नेकपामा सकस, सचिवालय बैठक आज पनि स्थगित

नेकपामा सकस, सचिवालय बैठक आज पनि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज पनि स्थगित भएको छ ।

स्कूल विभागको नेतृत्वको विषयमा गृहकार्य कपुगेकाले बैठक स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेकपामा विभागहरुको नेतृत्वको विषयमा कुरा मिल्न सकेको छैन । अन्य विभागहरुको विषयमा खासै असमझदारी बाहिर नआए पनि स्कुल विभागको विषयमा भने प्रष्ट दुई धार देखिएका छन् । पूर्व एमालेका तर्फबाट ईश्वर पोखरेलले यो विभागको नेतृत्वको लागि दाबी गरिरहेका छन् ।

नेकपा पनि जबज ब्युँताउनुपर्छ भन्ने बहस गरिरहेका पोखरेललाई पूर्व माओवादी केन्द्रले रुचाएका छैनन् । विकल्पमा उनीहरुले श्रेष्ठको नाम अघि सारिरहेका छन ।

पछिल्लो समय घनश्याम भुसाल लगायतका नेता पनि सो विभागको नेतृत्वको लागि अघि सरेका छन् ।

असार ३१ मै शीर्ष नेताबीच विभागहरुको भागबण्डा मिलेको बताइए पनि नेतृत्वको विषयमा कुरा नमिल्दा नेकपामा पछिल्लो सकस देखिएको हो ।